जमुनाह नाकामा हेल्थ डेस्क सञ्चालन

नेपालगन्ज : बाँँकेको नेपालगन्जस्थित जमुनाहा नाकामा हेल्थ डेक्स सञ्चालन गरिएको छ ।
छिमेकी मुलुक भारतका विभिन्न शहरमा कोरोना संक्रमण पुनः फैलिएपछि स्वदेश फर्कनेहरुबाट संक्रमण भित्रिन सक्ने खतरालाई मध्य नजर गर्दै नाकामा हेल्थ डेक्स सञ्चालन गरिएको हो । भारतका केही स्थानमा कोरोना संक्रमण फैलिएका कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मूख्य नाकाहरुमा एन्टिजेन जाँच गर्ने निर्देशन अनुसार बाँकेको जमुनाह नाकामा कोरोना परीक्षण गर्न हेल्पडेस्क स्थापना गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । उनले भारतका प्रभावित स्थानबाट नेपाल भित्रिएका ज्वरो आउने शंकास्पद मानिसहरुको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरेर पोजेटिभ भएकालाई उपचारको ब्यवस्था गर्ने र नेगेटिभ रिपोर्ट आएकालाई सुरक्षित तरिकाले घरमा गइ क्वारेन्टाइनमा बस्न आग्रह गर्ने गरेको बताए ।