बेहोस बनाएर जबरजस्ती करणी गर्ने युवा पक्राउ

नेपालगन्ज : बाँकेमा युवतीलाई झुक्याएर लागू औषध खुवाइ बेहोस बनाएर जबरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् ।
नेपालगन्ज उपमहानगपालिका–२० राझाँकी १९ वर्षिया युवतीलाई जुसमा लागू औषध नाइट्राजेपाम मिसाएर खुवाएर वेहोस बनाई जबरजस्ती करणी गरी फरार रहेका हुम्लाका २४ वर्षिय मीमबहादुर बुढा काठमाडौंबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुढाले गत मंसिर ५ गते घरबाट भ्रमणमा जाँदैछौं भनि युवतीलाई गाभर भ्याली होमस्टेमा लिएर गएका थिए । उनले जुसमा लागू औषध नाइट्राजेपामा मिसाइ खान दिएपछि युवती वेहोस भएको र पछि करणी गरेका थिए । युवतीलाई अचेत अवस्थामा नै घरमा ल्याइ फरार रहेका बुढालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको सहयोगमा काठमाडौंकोे हाडीगाँउबाट पक्राउ गरिएको हो ।