१२ किलो चरेशसहित कोहलपुरबाट २ जना पक्राउ

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले १२ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडीको न्यू सुदूरपश्चिम बाजुरा स्टाफ होटलको कोठा नम्बर १०१ बाट रोल्पा सुनिल स्मृति गाउँपालिका–७ का रुद्रबहादुर बुढा र रुकुम (पूर्व) भुमे गाउँपालिका –७ का रवि पुनलाई १२ किलो चरेशसहित पक्राउ गरेको हो ।
बरामद चरेश कपिलवस्तु शिवपुरबाट प्रति किलो २७ हजारका दरले ३ लाख २४ हजारमा खदिर गरि नेपालगन्जमा बिक्रीका लागि ल्याएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । कसुर प्रमाणित भए लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *