धुर्मुस-सुन्तलीलाई राजापुरबाट डेढ लाख सहयोग

राजापुर : धुर्मस सुन्तली फाउन्डेसनलाई बर्दियाको राजापुरबाट मंगलबार करिव डेढ लाख सहयोग रकम प्राप्त भएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मेची-महाकाली अभियानमा निस्किएको फाउन्डेसनको टोलीलाई राजापुरबाट १६ जनाले १ लाख ४७ हजार ६ सय ९६ रुपैयाँ सहयोग गरेका हुन् ।
राजापुर ८ स्थित काफ्ले फार्मेसीका सञ्चालक देवेन्द्रराज काफ्लेले सबैभन्दा बढी ३० हजार ५ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै माधव गौतमले २१ हजार, नरेश पछाई १५ हजार, पूजा गुरुङ ११ हजार १११, केदार थापा ११ हजार, अरुन चौधरी ११ हजार, शान्तिपुर टोलबाट १० हजार ५० र कर्णबहादुर पछाईले १० हजार सहयोग गरेका थिए ।
त्यस्तै गंगाराम थारुले ५ हजार ५५५ नगद र ३९ सय डिजल वापत, मिलन रेग्मी ५ हजार १ सय, प्रभात शाह ५ हजार १ सय, शिशिर शर्मा २ हजार ५ सय, विश्वमान प्रधान २ हजार १ सय, रामप्रसाद थारुले २ हजार १ सय, धु्रव भण्डारी १ हजार १ सय र सूर्य घिमिरेले १ हजार ७५ रुपैयाँ सहयोग गरेको उक्त अभियानमा बर्दियाबाट समन्वयकर्ता सूर्य केसीले जानकारी दिए । भरतपुरको चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशाला ३ अर्ब लाग्ने अनुमान गरिएको छ । रंगशाला निर्माणमा आर्थिक अभाव भएपछि सहयोग जुटाउन उनीहरु मेची-महाकाली यात्रामा निस्केका हुन् ।