पत्रकार महासंघ बाँके शाखामा ९२ प्रतिशत मतदान, भोलि मतगणना हुने

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको निर्वाचनमा बुधबार झन्डै ९२ प्रतिशत मतदान भएको छ ।
निर्वाचन अधिकृत केशव कोइरालाका अनुसार कूल मतदाता ३२३ रहेकोमा २ सय ९६ मत खसेको हो । जुन कूल मतको ९१.६४ प्रतिशत मतदान भएको हो । महासंघमा नेपाल प्रेस यूनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त लोकतान्त्रिक व्यवसायिक पत्रकारको प्यानलबाट अध्यक्षमा दामोदर भण्डारीसहित र प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट अध्यक्षमा डक्टप्रसाद धितालको प्यानलसहित २० सदस्यीय कार्यसमिति, राष्टिय परिषद सदस्य ७ र प्रदेश परिषद् सदस्य २२ जना चुनावी मैदानमा छन् । मत गणना भने बिहीबारदेखि मात्र गरिने निर्वाचन समितिले जनाएको छ ।