नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघको अध्यक्षमा पौडेल निर्वाचित

नेपालगन्ज: नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघको अध्यक्षमा कमलराज पौडेल निर्वाचित भएका छन् ।
संघको शनिबार नेपालगन्जमा सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा पौडेलसहित १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यसैगरी संघको प्रथम उपाध्यक्षमा कविराज जैसी, द्वीतीय उपाध्यक्षमा माधवप्रसाद पोखरेल, महासचिव कुलराज सन्ज्याल, उपमहासचिव ईश्वरी पौडेल र कोषाध्यक्षमा सौरभ अग्रवाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शम्शेर चन्द, आलोक सिंह, दुर्गा शाही, डम्मर धामी, रामप्रसाद ढकाल, सरिता शर्मा र उमा सुनार चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन नेपालगन्ज उद्योग वाणिज्य संघका अव्दुल वाहिद मन्सुरीले गरेका थिए । कार्र्यक्रममा नेपालगन्ज उपमहानगरपालिका २ का वडाअध्यक्ष .सुनिलसिंह हमाल, टेकबहादुर खड्का, कुमार रेग्मीलगायत विभिन्न वस्तुगत संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिले अधिवेशनको सफलताको कामना गरेका थिए । सो अवसरमा संघका अग्रज, जुत्ता चप्पल उत्पादक, एजेन्सीलाई सम्मान र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।