खजुराका बेरोजगार युवालाई वेटर तालिम

नेपालगन्ज : खजुरा गाउँपालिकाले बेरोजगार युवालाई वेटर तालिम दिन सुरु गरेको छ ।
गाउँपालिकाको सहयोगमा र रिसर्च इम्पावरमेन्ट एण्ड सपोर्ट प्रालिको आयोजनामा ३० दिने होटल वेटर तालिमको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति र होटल ब्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले तालिमको उद्घाटन गरेका हुन् । गाउँपालिका अध्यक्ष कक्षपतिले होटल ब्यवसाय क्षेत्रमा वेटरको बढ्दो मागलाई मध्यनजर गर्दै बेरोजगार युवालाई प्रत्यक्ष फाइदा पुग्ने गरी तालिम सञ्चालन गरेको बताए । तालिमपछि वेटरहरुलाई होटलहरुमा रोजगारीको ग्यारेण्टी दिने गरि आयोजना गरिएको रिसर्च इम्पावरमेन्ट एण्ड सपोर्ट प्रालिका होमबहादुर सुनार बताउँछन् । तालिम चैत २५ देखि २०७८ बैशाख २५ गतेसम्म सञ्चालन हुनेछ ।