नयाँ वर्षमा नेपालगगन्जमा भव्य राष्ट्रिय झण्डा महोत्सव (फोटो फिचर)

नेपालगन्ज : नयाँ वर्ष २०७८ को अवसरमा नेपालगन्जमा भव्य रुपमा राष्ट्रिय झण्डा महोत्सवको आयोजना गरिएको छ ।
अन्तरालको आयोजना तथा बास नेपालगन्जको संयोजनमा बुधबार नेपालगन्जको रामलीला मैदानमा छैटौं नेपाली राष्ट्रिय झण्डा महोत्सव मनाइएको हो । अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले झन्डाले नेपालीलाई विश्व सामु पहिचान दिने भएकाले विगत ६ वर्षदेखि नेपालगन्जमा नेपाली राष्ट्रिय झण्डा महोत्सव मनाउन थालिएको बताए । कार्यक्रममा बरिष्ठ पत्रकार पूर्णलाल चुके र बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले नेपाली झण्डाको महत्वबारे धारणा राखेका थिए । कार्यक्रममा गायिका झुमा लिम्ब र उनको टिमका साथै नेपालगन्जका कलाकारहरु आर्यन महापात्र। करिष्मा पोखरेल र नविना चन्दले गीत गाएका थिए ।