विद्युत सर्ट हुँदा सत्ती भन्सार कार्यालयमा आगलागी

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलामा आगलागी भएको छ ।
सशस्त्र प्रहरीको खक्रौला वीओपीका शसस्त्र प्रहरी निरीक्षक पदमराज भट्टका अनुसार टीकापुर नगरपालिका वडा नं ९ स्थित कार्यालयमा बुधबार राति करिब साढे ८ बजेको समयमा विद्युत लाइन सर्ट हुँदा आगलागी भएको हो । स्थानीय, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो । विद्युत लाइन सर्ट भएका कारण बिहीबार भन्सारको दैनिक कामकाज गर्नमा असहज भएको थियो । दैनिक कामकाजलाई नियमितता दिनका लागि पहल गरिरहेको भन्सार प्रमुख विमलकुमार साहले बताए ।