खजुरा क्यान्सर अस्पतालद्वारा भेरी अस्पताललाई २ थान अक्सिजन कन्सेनट्रेटर सहयोग

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले भेरी अस्पताल नेपालगन्जलाई २ थान अक्सिजन कन्सेनट्रेटर सहयोग गरेको छ । यसको बजार मूल्य झन्डै ७०/८० हजार रुपैयाँ पर्छ ।
क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसी र निर्देशक डा.कृष्णप्रसाद आचार्यले शुक्रबार भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य कृष्णप्रसाद श्रेष्ठ र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापालाई अक्सिजन कन्सेनट्रेटर हस्तान्तरण गरेका हुन् । अक्सिजन कन्सेनट्रेटर हस्तान्तरणपछि मेरो खुसीसँग निर्देशक डा.आचार्यले भने, ‘हामीसँग ५ वटा अक्सिजन कन्सेनट्रेटर थियो । भेरीमा अक्सिजनको अभाव भइरहेको भन्ने थाहा पाएपछि अक्सिजनको अभाव भएको बेलामा कम्तीमा ४ जना बिरामीलाई जोगाउन सकिएला भनेर सहयोग गरेका हौं ।’ एउटा अक्सिजन कन्सेनट्रेटरले अक्सिजनको पाइप लाइन विस्तार नभएको ठाउँमा कम्तीमा पनि २ जना बिरामीलाई अक्सिजन दिन सकिनेछ ।