निषेधाज्ञामा घुमफिर गरे २ घण्टा उभिनु पर्ला !

जिल्ला प्रहरी कार्यालय बर्दियाद्वारा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार पाँच सय ३५ जनालाई होल्ड कारबाही
बर्दियामा निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्ड कारबाही गर्दै सुरक्षाकर्मीहरु । फोटो सौजन्य : सञ्जय आचार्य

मुरली गोडिया । गुलरिया
के तपाईलाई बिना मास्क घुरफिर गर्ने बानी छ ? निषेधाज्ञा जारी रहेका बेलामा अनावश्यक रुपमा घर बाहिर निस्कनुभयो भने प्रहरीको कारबाहीमा परिन्छ । बर्दियामा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार पाँच सय ३५ जनालाई कारबाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई २ घन्टा होल्ड कारबाही सुरु गरिएको छ । मंगलबार मात्र बर्दिया प्रहरीले ५ सय ३ वटा मोटरसाइकल, ६ सय २० वटा साइकल, १ सय ३० वटा चार पाङ्ग्रे सवारी साधनलाई नियन्त्रण लिएर कारबाही गरिएको थियो । जिल्ला प्रशासन कार्यालय बर्दियाले १३ वैशाखदेखि जिल्लामा लगाएको निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै क्रियाकलापमा रोक लगाएको छ । निषेधाज्ञा वैशाख मसान्तसम्म रहनेछ ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्ड कारबाही गर्दै सुरक्षाकर्मीहरु