बर्दियामा थप दुई संक्रमितको मृत्यु

गुलरिया : कोरोना भाइरस संक्रमणका कारण बर्दियाका थप दुईजना कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु भएको छ ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार मृत्यु हुनेमा गुलरिया र बाँसगढीका एक एक जना रहेका छन ।
गुलरिया नगरपालिका ७ बर्दिया निवासी ४६ बर्षिय महिलाको कोरोना संक्रमणका कारण आईतबार राती १० बजे मृत्यु भएको छ । २३ बैशाखमा पीसीआर परिक्षण गरी २६ गते भेरी अस्पताल भर्ना भएका उनको हिजो राती उपचारकैक्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै बर्दियाको बाँसगढी नगरपालिका वडा नम्वर ८ का ६८ बर्षिय पुरुषको हिजो राती ११ः५० बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । २२ बैशाखमा पीसीआर गरी २६ गते मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको हिजो राती मृत्यु भएको थियो । यसअघि आईतबार एकै दिन बर्दियाका ५ जना कोरोना संक्रमितले ज्यान गुमाईसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *