नेता भण्डारीद्वारा पत्रकार महासंघ र प्रहरीलाई सहयोग

नेपालगन्ज : नेपाल तरुण दलका नेता एबम नेपाल डिष्टिलरिज प्रालिका रिजनल म्यानेजर विवेकराज भण्डारीले नेपाल पत्रकार महासंघ र जिल्ला प्रहरी कार्यालय बाँकेलाई सहयोग प्रदान गरेका छन ।

नेपाल पत्रकार महासंघ बाँके शाखालाई एम्बुलेन्स खरिद गर्नका लागि उनले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् ।
यसअघि विपतका समयमा विभिन्न सहयोग गर्दै आएका भण्डारीले महासंघले थालेको एम्बुलेन्स खरिद अभियान पवित्र भएकोले सहयोग गरेको बताए । उनले महासंघ बाँकेको कार्यालयमा आईतबार अध्यक्ष दामोदर भण्डारी र सचिव कमल डाँगीलाई सहयोग बापत रकमको चेक प्रदान गरेका हुन । यसअघिमात्रै पत्रकार महासंघ बाँके शाखालाई मास्क सेनिटाईजरका साथै जिल्ला प्रहरी कार्यालयलाई १५० थान एन–९५ माक्स र ५० पीस सेनिटाइजर र वडा प्रहरी कार्यालय नेपालगन्जलाई ५० थान एन–९५ माक्स र १३ थान सेनिटाइजर प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *