बाँकेका ८ सहित थप १७ को मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप १७ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मंगलबार बेलुका ५ बजेदेखि बुधबार बिहान ६ः३० बजेसम्म १७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ८, बर्दियाका ३, दाङ, कैलाली र रुकुम पश्चिमका दुई दुई जना रहेका छन् ।
वैशाख २९ गतेदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक घट्दै गइरहेको भए पनि गमंगलबार राति ठूलो संख्यामा मृत्यु भएको हो । योसँगै कोरोनाका कारण बाँकेका २ सय ५३ जनाको मृत्यु भएको छ भने २ सय ९ जना अन्य जिल्लाबाट बाँकेका अस्पतालमा उपचारका लागि आएका व्यक्तिहरुले ज्यान गुमाएका छन् ।