वियर कम्पनीबाट हाइवे अस्पताल र सशस्त्र प्रहरीलाई ४ वटा कन्सन्ट्रेटर सहयोग

नेपालगन्ज : चितवनको इच्छा मनकामना गाउँपालिकामा रहेको वियर उत्पादक कम्पनी याक ब्रिविङ्ग प्रालिले कोरोना संक्रमितको अक्सिजनको अभाव पूर्ति गर्न अस्पताल र सशस्त्र प्रहरीलाई ४ वटा कन्सन्ट्रेटर सहयोग गरेको छ ।
याक ब्रिविङ्गका प्रशासन प्रमुख माधव पौडेलका अनुसार कम्पनीले मुग्लिन हाइवे अस्पताललाई २ वटा र सशस्त्र प्रहरी बल कुरिनटारलाई २ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । मुग्लिन हाइवे अस्पतालले सञ्चालन गरेको आइसोलेसन वार्डमा को सञ्चालन तथा व्यवस्थापनका लागि याक ब्रिविङ कम्पनीबाट ३ लाख रुपैयाँ बराबरको २ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएको अस्पतालले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न क्षेत्रमा गरि २५ थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको प्रशासन प्रमुख पौडेलले बताए । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा १ अर्व ५० करोड रुपैयाँ स्वदेशी लगानीमा याक ब्रिविङ्ग कम्पनीले ‘बाह्रसिंगे बियर’ नामक बियर उत्पादन गरिरहेको छ ।