मानव सेवामा सहपाठी क्लब, २० रुपैयाँमा खाना खुवाउन १ लाख सहयोग

नेपालगन्ज : सहपाठी क्लब नेपालगन्जले भेरी अस्पतालका बिरामी र कुरुवालाई २० रुपैयाँमा खाना खुवाउन एक लाख रुपैयाँ सहयोग गरेको छ ।
सहपाठी क्लब महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा शैक्षिक शत्र २०५७–०६० मा स्नातक तहमा अध्ययन गरेका विद्यार्थीको संंगठन हो । क्लब सदस्य नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, युवा नेता रत्न खत्री, नेपाल प्रहरीका डीएसपी हेमबहादुर शाही, पत्रकार जयनारायण शाह, रुपन ज्ञवाली, जेन्टिल गौतम, लोकेन्द्र भण्डारी, दीपेन सिंहसहितको टोलीले संयुक्त रुपमा बिहीबार अस्पताल परिसरमा २० रुपियाँमा खाना खुवाइरहेको श्रीसुन्दरकाण्ड मित्र मण्डल अञ्जनी माता रसोइलाई एक लाख एक हजार ५१ रुपैयाँ हस्तान्तरण गरेका हुन् । ४१ सदस्यले व्यक्तिगत रुपमा रकम संकलन गरेका थिए ।

रकम संकलन गर्नेमा उमा थापा मगर, रत्न खत्री, हेमबहादुर शाही, जनक नेपाल, जयनारायण शाह, जेन्टिल गौतम, रुपन ज्ञवाली, खगेन्द्र खनाल, विष्णु बेल्वासे, खगेन्द्र शाही, विष्णु पोख्रेल, धर्र्म खड्का, सीपी अधिकारी, लोकेश भण्डारी, दीपेन्द्र सिंह, खगेन्द्र पहाडी, ऋषिराम शर्मा, नारायण चालिसे, बुद्धि राना, नमिता श्रेष्ठ, विनोद ज्ञवाली, खगेन्द्र पुरी, घनश्याम बराल, कृष्ण बुढा, बिष्णुबहादुर खत्री, सुवेक्षा शाह, शिवजी पौडेल, कृष्ण थापा, शकुन शर्मा, हरि बेल्वासे, राजिवनरसिंह केसी, कल्पना शाह, देवेन्द्र पौडेल, निरञ्जना मल्ल, शिक्षा राणा, सृजना श्रेष्ठ, बालकृष्ण चौधरी, राजन शर्मा, भाष्कर रेग्मी, चन्द्रकुमार थारु र अनिल विश्वास रहेका थिए । समूहका सदस्य जयनारायण शाहले सहपाठीबीचको सहकार्यबाट आगामी दिनमा पनि यस्तै मानवीय सहयोग गर्ने बताएका छन् ।