बाँकेमा शनिबार ९५ जना थपिए, २०३ जना डिस्चार्ज

बाँकेमा शनिबार ९५ जना कोरोना संक्रमित थपिएका छन भने त्यसको दोब्बर बढी डिस्चार्ज भएका छन । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ९५ जना अर्थात २२ प्रतिशत संक्रमित थपिदा २ सय ३ जना डिस्चार्ज भएका हुन ।
पछिल्लो २४ घण्टामा भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा ६ सय २४ जनाको नमूना परिक्षण हुँदा ४ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्य बाँकेका ९५ मात्रै हुन भने अन्य ४ सय ३१ जना बर्दिया, कैलाली, दाङलगायतका छन ।
यस्तै शनिबार बाँकेका अस्पतालमा १४ जनाको मृत्यु हुँदा बाँकेका चार जनारहेका छन । बाँकी १० जना उपचारका लागि विभिन्न जिल्लावाट आएका व्यक्तिहरु भएको फोकल पर्सन ओलीले बताए