पत्रकारको पीसीआर निःशुल्क परीक्षण गर्न माग

नेपालगन्ज : नेपाल प्रेस युनियन बाँके शाखाले पत्रकारको निःशुल्क परीक्षण गर्न सरकारसँग माग गरेको छ ।
प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा बाँके शाखा अध्यक्ष अर्जुन ओली नेतृत्वको युनियनको टोलीले बिहीबार ‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र’ बाँकेका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललालाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो ।पत्रकार तथा सञ्चारकर्मीका लागि निःशुल्क रूपमा पीसीआर परीक्षण गरिदिनुपर्ने र संक्रमित पत्रकार तथा सञ्चारकर्मीको निःशुल्क औषधि उपचारको ब्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *