म्याद नाघेका ४४ हजारका बिउबिजन नष्ट

नेपालगन्ज : संयुक्त बजार अनुगमन टोलीले ४४ हजारभन्दा बढी मूल्य बराबरको विभिन्न खाद्यान्न एवं तरकारीको बिउबिजन नष्ट गरेको छ ।
अनुगमन टोलीले बिहीबार नेपालगन्जका विभिन्न कृषि बिउबिजन तथा औषधी पसलहरुको अनुगमन गर्दा किसानहरुले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका खाद्यान्न एवं तरकारीको बिउबिजन नष्ट गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिए । औषधी पसलका सञ्चालकलाई गल्ती नदोहो¥याउने नसिहत दिएर छाडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *