विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै किरण कडायतको टिम

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिकाको दक्षिणीे नारायणपुर र धनसिंहपुरका निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारलाई राहात वितरण गरिएको छ ।
किरण कडायतको टिमले टीकापुर नगरपालिका ६, ७, ८ र ९ का खाद्य समस्या भएका परिवारलाई खाद्यान्न सहयोग गरेको हो । उनीहरुले प्रति परिवार १ बोरा ३० किलो चामल, २ किलो दाल, नुन र तेल दिएका छन् । टीकापुर-७ खयरझालाका ७० वर्षे भक्तिराम चौधरीले संकटको घडीमा सहयोग पाएकोमा खुसी व्यक्त गरे । कोरोना कहरको बेला खाद्यान्न वितरण गर्दै आएका किरणले समुदायका परिवारमा खाद्यान्न संकट भएको खबर सञ्चारकर्मीबाट थाहा पाएपछि देश तथा विदेशमा रहेका साथीहरुको सहयोगमा संकलित रकमबाट राहात वितरण गरिएको बताए । अमेरिका बस्दै विशाल विष्टको सहयोगमा मिलेर खाद्यान्न सहयोग गरेको बताएका छन् । उनले एक हप्ताभित्र १३ घरपरिवालाई सहयोग गरिसकिएको बताए । खाकोरानो कहरका बेलामा जारी निषेधाज्ञाका बेला एकल महिला ,वृद्धवृद्धा र बालबालिकाहरुको स्थिति कठिन भएकोले आफ्नो अभियानमा जोडिएर सघाउन उनले आग्रह गरेका छन् ।