भेरीका स्वास्थ्यकर्मी आक्रमण प्रकरण : बाँकेका स्वास्थ्यकर्मीहरु आन्दोलित (फोटो फिचर)

नेपालगन्ज : बाँकेका स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि आन्दोलित भएका छन् ।


भेरी अस्पताल नेपालगन्जको कोभिड विशेष आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मीमाथि ड्यूटीमै रहेको बेलामा बिहीबार राति आक्रमण भएपछि जिल्लाभरीका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

भेरी अस्पताल परिसरमा भेला भएर स्वास्थ्यकर्मीले पीडकमाथि कारबाहीको माग गर्दै प्रहरी, प्रशासनविरुद्ध नारा लगाइरहेका छन् । अस्पतालको आइसीयुमा उपचाररत दाङका डिल्लीबहादुर रावतको मृत्यु भएपछि बिरामीका कुरुवासहितका व्यक्तिले स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै नर्समाथि सांघातिक आक्रमण गरेको आन्दोलित स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

आक्रमणबाट जोगिन एक जना डाक्टर र ४ जना नर्स शौचालयमा लुकेका थिए । आक्रमणकारीले शौचालयको ढोका फुटाएर कुट्न थालेपछि डाक्टर र नर्सको टोली दुई तले घरको शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए ।

नेपाल चिकित्सक संघलगायतका स्वास्थ्यकर्मीका १५ वटा संघसंस्थाले शुक्रबार विज्ञप्ती प्रकाशित गरी दोषीलाई कारबाही, स्वास्थ्यकर्मीको उचित सुरक्षा व्यवस्था गर्न माग गर्दै जिल्लास्थित सबै स्वास्थ्य संस्थामा आन्दोलनको घोषणा गरेको जनाएका छन् ।


०००
भेरी अस्पताल परिसरमा आन्दोलित स्वास्थ्यकर्मीहरु । फोटो : मेरो खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *