राप्ती नदीको टापुमा फसेका ब्यक्तिको सशस्त्र प्रहरीद्वारा १९ घन्टापछि उद्दार

नेपालगन्ज : दाङमा राप्ती नदीको टापुमा फसेका ४ जना ब्यक्तिलाई सशस्त्र प्रहरी बलले बुधबार बिहान १९ घन्टापछि उद्दार गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाइ गणबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल र नम्बर ४१ रिजर्व गण चन्द्रौटा कपिलबस्तुबाट सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माकोको कमान्डमा गएको विपद ब्यवस्थापनसहितको टोलीले बिहान ९ बजे चार जनाको उद्दार गरेको हो । दाङको लमही नगरपालिका वार्ड नं. ७ हसनापुर र राजपुर गाउँपालिका वार्ड नं. २ बेलास्थित राप्ती नदीको टापुमा मंगलबार दिउँसो २ बजेबाट लमही ७ का ४८ वर्षका मन्सराम चौधरी, राजपुर २ का वर्ष ५० की सावित्री यादव, वर्ष २६ का राधेश्याम यादव र राजपुर ३ का वर्ष २५ का गणेश यादव टापुमा फसेका थिए । सशस्त्र प्रहरीलाई राति ९ बजे जानकारी आएको थियो । रातको समयमा पानीको अत्यधिक बहावका कारण उद्दारमा कठिनाइ भएको थियो । अविरल वर्षासँगै राप्तीमा बाढी आएपछि करिब ५० वटा गाइवस्तुसँगै अलपत्र परेका थिए।