मानव अधिकार रक्षकहरुलाई तालिम

रमेशकुमार यादव । नेपालगन्ज
बाँकेका मानव अधिकार रक्षकहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिइएको छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले बुधबार र बिहीबार नेपालगन्जमा मानव अधिकार रक्षकहरुको लागि क्षमता अभिबृद्धि तालिम दिएको हो । प्रशिक्षक खड्कराज जोशी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मधुसुधन न्यौपाने, र इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले तालिममा सहजीकरण गरेका थिए । तालिममा डुडुवा र बैजनाथ गाउँपालिकाका १९ जना मानव अधिकार रक्षकको सहभागिता रहेको थियो ।