अछामको तुर्माखाँदमा भगवती शाही स्मृति स्तम्भ उद्घाटन
अछाम : बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समिति नागपर्वत नाडा अछाममा भगवती शाही स्मृति स्तम्भ उद्घाटन भएको छ । नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटाले मंगलबार स्तम्भको उद्घाटन गर्नु भएको हो । उद्घाटन गर्दै बास्कोटाले धार्मिक, पर्यटकीय क्षेत्रको रुपमा रहेको बागेश्वरी क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
तुर्माखाँद ४ नागपर्वतमा रहेको अति प्राचीन बागेश्वरी मन्दिर स्थापना गर्ने स्वर्गीय भगवती शाहीको सम्मान र सम्झनामा सो स्तम्भ निर्माण गरिएको हो । समितिका अध्यक्ष लोकेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सल्लाहकार नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कार्य समिति सदस्य जनकबहादुर शाहीले स्वागत गर्नु भएको थियो ।
नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटाको अनुदानमा २०७६ साल माघ १४ गते उक्त स्तम्भ निर्माण भएको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटालाई भव्य स्वागत सहित सम्मान प्रदान गरिएको थियो ।









