गुरु पूर्णिमामा हनुमानगढी मन्दिर परिसरमा वृक्षारोपण

महेन्द्र शर्मा । नेपालगन्ज
गुरु पूर्णिमाको अवसरमा नेपालगन्जको हनुमानगढी मन्दिर (हनुमन्त गौशाला) मा वृक्षारोपण गरिएको छ ।
हनुमानगढी मन्दिर व्यवस्थापन समितिले शनिबार बिहान मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुनिलसिंह हमालको उपस्थितिमा मन्दिरका मूल महन्त उमेश गिरीले वृक्षारोपण गरेका हुन् । रुद्राक्ष, रक्तचन्दन, धुपकाठीलगायतका २१ प्रजातिका विरुवा लगाइएको हो । गुरु पूर्णिमाकै अवसरमा मन्दिर परिसरमा सत्यनारायणको पूजा पनि गरिएको थियो ।