बाँकेमा ४ किलो सुनसहित २ जना पक्राउ

नेपालगन्ज : बाँकेको राँझास्थित नेपालगन्ज विमानस्थलबाट ४ किलो सुनसहित २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार दिउँसो सवा ३ बजे श्री एयरको विमानबाट काठमाडौंदेखि आएका झापाका अमिर लगुन विश्वकर्मा र मोरंगका वुद्धिमान खाती अन्दाजी ४ किलो ढाई तोला सुन सहित पक्राउ परेका हुन् । पक्राउ गरिएको सुनको अहिले नेपालगन्ज विमानस्थलमा मुचुल्का तयार गरिसकिएको र अहिले पौने ८ बजे जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव प्रहरी उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।