जनमतको आयोजनामा २ महिलासहित ४६ जनाद्वारा रक्तदान

जनमतले नेपालगन्जमा आयोजना गरेको रक्तदान कार्यक्रम । फोटो सौजन्य : सोम गुरुङ

नेपालगन्ज : जनमत अर्द्धसाप्ताहिक पत्रिकाको ५०औं श्रृङ्खलाको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी गरी दुई जना महिलासहित ४६ जनाले रक्तदान गरेका छन् ।
जय बागेश्वरी सिमन्ट उद्योग प्रा. लि., गनापुर नेपालगन्ज बाँकेसँगको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा र जनमत सम्पादक पूर्णलाल चुकेले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरी रक्तदानको शुभारम्भ गरेका हुन् । जनमतले आफ्नो रजत वार्षिकोत्सव २०६३ साल वैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । हालसम्म करीब तीन हजारको संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेको सम्पादक पूर्णलाल चुकेले बताए । सो अवसरमा उक्त कार्यक्रममा सहकार्य गर्ने जय बागेश्वरी सिमेन्ट उद्योग प्रा.लि., गनापुर नेपालगन्ज बाँकेका महाप्रवन्धक सुमनकुमार श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।