खोप केन्द्र भवन बन्यो, भुस राख्ने भकारी

मेशकुमार यादव । कुडुवा (बाँके)

बाँकेको डुडुवा गाउँपालिका-१ होलियाको कुडुवामा निर्माणाधीन खोप केन्द्र भवनलाई स्थानीयले भुस राख्ने भकारी बनाएका छन् ।
स्थानीय बद्रीप्रसाद यादवका अनुसार आर्थिक वर्ष २०७५/०७६मा गाउँपालिको अनुदानमा खोप केन्द्रको एक कोठे भवन निर्माण थालिएको थियो । रंगरोगन पनि नभएको भवनभित्र गहुँको भुस राखिएकोे भने बाहिर लहरे विरुवा लगाइएको छ ।

यादव भन्छन्, ‘कोही पनि व्यक्ति खोपबाट बञ्चित नहुन भनेर खोप केन्द्रको भवन निर्माण गर्न गाउँपालिकासँग सहयोग मागिएको थियो । प्रयोगमा नआउँदै भवन दुरुपयोग भएको छ।’ खोप केन्द्रसम्म पुग्ने बाटो पनि छैन । अहिले बाटोभरी पानी जमेको छ ।