१० लाखको भन्सार छलेका कपडा बरामद

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरबाट भन्सार छलि गरेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको छ ।
सत्ती भन्सार कार्यालय खक्रौला र शसस्त्र प्रहरी बल बिओपी खक्रौलाको संयुक्त गस्ती टोलीले शनिबार राति ११ बजे टीकापुर ८ अरुणाफाँटाबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा करिब १० लाख बराबरको कपडा समातिएको सत्ती भन्सार कार्यालयका नायव सुब्बा दीलिप कुँवरले जानकारी दिए । कपडामा धोती, साडी, कुर्ता, सर्टिङ सुटिङ रहेको जनाइएको छ । कैलालीको विभिन्न स्थानबाट चोरी तस्करी बढे पनि मानिस भने पक्राउ गर्न सकेको छ‌ैनन ।