चितुवाले मा-यो एउटै खोरका २३ वटा बाख्रा

मुरली गोडिया । गुलरिया
बर्दियाको गुलरियामा एउटा फर्मका सबै बाख्रा चितुवाले मारेको छ ।
गुलरिया नगरपालिका-५ सन्तोषी टोलको बृष पशुपंक्षी तथा बाख्रापालन फर्मको खोरमा पुगेर आइतबार राति चितुवाले २३ वटा बाख्रा मारेको पीडित चन्द्रकान्त पौडेलले बताए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेले फर्ममा पुग्दा सम्पूर्ण खसीबाख्रा मृत अवस्थामा फेला परे पनि क्षतिको विवरण संकलन भइरहेको बताए । टोलमा चितुवा पल्केपछि स्थानीय डराएका छन् । ‘टोलवस्तीमै आएर चितुवाले बाख्रा मारेपछि भोलि मानिसलाई पनि खान्न भन्न सकिन्न’, स्थानीय सन्तोष शर्माले चिन्ता ब्यक्त गरे । सो टोलमा यसअघि पनि चितुवाले बाख्रा र कुकुर खाएको स्थानीयले बताएका छन् ।