उद्घाटन खेलमा आयोजक रोयलको विजयी सुरुवात

नेपालगन्ज : बागेश्वरी नटआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रोयल नेपालगन्ज फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
नेपालगन्ज रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा रोयलले सनलाइट युथ क्लब हसानापुरलाई ७ १ को फराकिलो अन्तरमा पराजित गरेको हो । खेलको सुरुमा सनलाइटले ६ मिनेटमै पहिलो गोल गरेको थियो । पहिलो हाफमा २ गोलले अग्रता गरेको रोयलले दोस्रो हाफमा थप पाँच गोल गरेको थियो । प्रतियोगिताको प्रदेशसभा सदस्य सुरेन्द्र हमालले उद्घाटन गरेका थिए । दुई विभागीयसहित प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।

रेफ्री अमर घलेलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य सुरेन्द्र हमाल । फोटो : सुनपानी डटकमबाट