नेपाल आइडल नेपालगन्ज अडिसनबाट १८ छनोट, बाँकेका २ जना

नेपालगन्ज : फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल सिजन-४’ को नेपालगन्ज जज अडिसनबाट १८ जना छनोट भएका छन् ।
नेपाल आइडल प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलका अनुसार नेपालगन्ज–१८ कारकाँदोस्थित होटल स्टारलाइटमा शनिबार बिहान १० बजेदेखि आइतबार बिहान ३ बजेसम्म भएको जज अडिसनबाट १८ जना छनोट भएका हुन् । जसमा बाँकेका २ जना छनोट भएका छन् । यसअघि डिजिटल अडिसनमा छनौटमा परेर जज अडिसन दिन आएका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ८० जना प्रतिभाहरुको सहभागिता रहेको थियो । बाँके, बर्दिया, दाङ, कपिलवस्तु, सुर्खेत, जुम्ला, जाजरकोट, सल्यान, कालिकोट, रोल्पा, कैलाली कञ्चनपुर, अछाम, डोटी, रुपन्देही, काठमाडौंका सहभागी थिए । सिजन–४ को अडिसनमा शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुबानी मोक्तान निर्णायक छन् ।