जिल्ला सहकारी संघ बर्दियामा अध्यक्ष ढुंगानासहित सर्वसम्मत् नेतृत्व चयन

गुलरिया : जिल्ला सहकारी संघ बर्दियाले सर्वसम्मत् रुपमा नेतृत्व चयन गरेका छ ।
बर्दियाको मधुवनमा शनिबार सम्पन्न संघको १९औं वार्षिक साधारणसभाले अध्यक्ष ढुंगाना, उपाध्यक्ष नेत्रप्रसाद सापकोटा, सचिव चित्रप्रसाद खनाल र कोषाध्यक्ष दिलमाया भट्टराई चयन भएका हुन् । त्यसैगरी सदस्यमा शान्ति अधिकारी, दुर्गा सापकोटा, दीपलाल कँडेल, रुक्माया भुसाल, इन्दिरा सुवेदी ,जीतबहादुर केसी, मनोज विक पनि सर्वसम्मत् रुपमै चयन भएका छन् । लेखा सुपरीवेक्षण समिति संयोजकमा धर्मबहादुर थापा, समिति सदस्यमा राजु बडुवाल र सदस्य यज्ञ हमाल चयन भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *