बनकरेली टिप्न गएका ४ जनालाई राप्ती नदी पारीबाट उद्दार

बनकरेली टिप्न गएर राप्ती नदी पारी फसेकाहरुलाई उद्दार गरिँदै । फोटो सौजन्य : रुपन ज्ञवाली

रमेशकुमार यादव । कम्दी
राप्ती नदी पारी सोमबार बनकरेली टिप्न गएका डुडुवा ४ का ४ जना बाढीमा फसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मंगलबार बिहान ८ः४० बजे सकुशल उद्दार गरेको छ ।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार राप्ती नदीमा पानीको सतह बढ्दै जाँदा सोमबार साँझ नदी पारी रहेका ५५ वर्षिय सोखत नाउ, ४५ वर्षिय सव्विर खाँ, ३० वर्षिय प्रमोद लोनिया र ६० वर्षिय नाजिर खाँको उद्दार गरिएको हो । थप ३ जना सोमबार नै पौडेर नदी तर्न सफल भएका थिए ।