टीकापुर-५ मा तटबन्ध भत्काएर कर्णाली नदीको बाढी गाउँ पस्यो

मानबहादुर ठकुल्ला । टीकापुर
टीकापुर नगरपालिका-५ शाहीपुरमा कर्णाली नदीको तटबन्ध भत्काएर बाढी गाउँ पसेको छ ।
लगातार भएको वर्षा कारण मंगलबार दिउँसो १ः३० मा कर्णाली नदी तटबन्ध भत्काएर नदी गाउँ पसेको हो ।
कर्णाली नदीमा बाढी पसेपछि टीकापुर नगरपालिकाले नदी तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । नगर प्रमुख तपेन्द्रबहादुर रावलले नदी किनारका टीकापुरका वडा नं ५,६,७, ८ र ९ का बासिन्दा सुरक्षित स्थानमा बस्न आग्रह गरेका हुन् ।

टीकापुरका वडा नं. ५ का शाहीपुर र दौलतपुर, वडा नं. ७ को सिम्रेनी, सत्ती, महादेवटोल, पदमपुर र धामीटोल, वडा नं. ८ का बनगाउँ, फाटा, अर्नुवा, बटनपुर, सूर्यपुर, कालमाटी कमलगाउ लगायतका बासिन्दालाई उच्च जोखिम छ । वर्षाका कारण कैलालीका अधिकांश किसानले काटेको धान पनि नष्ट भएको छ ।