कोरोनापछिको नेपालगन्जमा मोहम्मद डेको रौनक

नेपालगन्ज : कोरोना संक्रमणपछि मंगलबार नेपालगन्जमा मोहम्मद डेको रौनकता देखिएको छ । यद्यपी वर्षाका कारण मोहम्मद डेको -याली प्रभावित भएको थियो ।

मुस्लिम समुदायले धार्मिक जुलुस निकालेर बाँके लगायत मुस्लिम बाहुल्य क्षेत्रमा मोहम्मद डे पर्व मनाएका हुन् । जुलुसमा ठूलो संख्यामा गाडी, मोटरसाइकल र पैदल सहभागी भएका मुस्लिम समुदायले इस्लाम धर्मको जय जयकार गरेका थिए । धार्मिक गीत संगीतसहित नेपालगन्ज बजार परिक्रमा गरेको जुलुस वीपी चोकमा समापन गरिएको थियो ।