घरभित्र पसेको बाढीको पानीमा डुबेर कैलालीमा ९४ वर्षका बृद्धको मृत्यु

मानबहादुर ठकुल्ला । टीकापुर
कर्णाली नदीको बाढीको पानी घरभित्र पसेर कैलालीमा एक जना वृद्धको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार टीकापुर नगरपालिका ८ कर्मीडाँडाका ९४ वर्षिय करबिर ढोलीको घरमा पसेको बाढीमा डुबेर मृत्यु भएको छ हो । घरमा पानी पसेपछि सामान र मान्छे सुरक्षित ठाउमा सार्दासार्दै घरमा सुतेको अवस्थामा पानीले डुबाउँदा ढोलीको मृत्यु भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा प्रहरीले बाढीको अवस्था बुझ्न,खोज तथा उद्दार गर्ने क्रममा उनी घरमा मृत अवस्थामा भेटाएका हुन् । ढोली विगत तीन चार वर्षदेखि प्यारालाइसिसबाट थलिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *