टीकापुरमा बाघको आक्रमणबाट एक युवा घाइते

टीकापुर : कैलालीमा बाघको आक्रमणबाट एक जना युवा घाइते भएका छन् ।
टीकापुर नगरपालिका-५, नुक्लिपुरका २२ वर्षिय दीपक चौधरीलाई बाघले आक्रमण गरि घाइते बनाएको हो । चौधरीलाई साथीसँग कर्णाली नदीको पानी हेर्न जाने क्रममा टीकापुर पार्कको जङ्गल नजिक बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते चौधरीको दाहिने काधँमा २ वटा प्वाल परेको छन् । घाइते चौधरीको अहिले टीकापुर अस्पतालमा उपचार भइरहेको छ । उनीसँगै गएका अन्य चार जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *