बरिष्ठ पत्रकार खानलाई विरमी-चन्द्र ग्रामीण विकास पत्रकारिता पुरस्कार

प्रेस सेन्टर बाँकेद्वारा पत्रकार सिराज खानलाई विरमी–चन्द्र ग्रामीण विकास पत्रकारिता पुरस्कार प्रदान गरिँदै । फोटो : मो.आरिफ अन्सारीको फेसबुकबाट

नेपालगन्ज : प्रेस सेन्टर बाँकेले बरिष्ठ पत्रकार सिराज खानलाई विरमी-चन्द्र ग्रामीण विकास पत्रकारिता पुरस्कार-२०७७ प्रदान गरेको छ ।
सेन्टरको शुक्रबार नेपालगन्जमा सम्पन्न चौथो जिल्ला अधिवेशनमा गोरखापत्र दैनिकका नेपालगन्ज संवाददाता खानसँगै आदर्श आवाज डटकमका कार्यकारी सम्पादक कविन्द्र परियारलाई प्रतिनिधिसभा सदस्य पूर्णा सुवेदी, प्रदेशसभा सदस्य आइपी खरेल, बिरमी चन्द्र फाउण्डेशनकी संरक्षक प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’, प्रेस सेन्टरका लुम्बिनी प्रदेश संयाेजक मानसिंह विक, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धितालले नगद पाँच हजार राशीको सो पुरस्कार प्रदान गरेका हुन् ।

सांसद नमूनाका स्व. मातापिताको नाममा फाउण्डेशन स्थापना गरी हरेक वर्ष ग्रामीण पत्रकारिताको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई यो पुरस्कार दिइन्छ ।