प्रेस सेन्टर बाँकेको अध्यक्षमा धितालसहित कार्य समिति सर्वसम्मत्

नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा डक्टप्रसाद धितालसहित जिल्ला कार्य समिति सर्वसम्मत् रुपमा चयन भएको छ ।
सेन्टरको शुक्रबार नेपालगन्जमा सम्पन्न चौथो अधिवेशनले अध्यक्षमा धितालसहित उपाध्यक्ष राजेश आचार्य र आलम खान, सचिव संगीन शर्मा, सह–सचिव केपी घिमिरे र कोषाध्यक्ष चन्द्रबहादुर बोहोरालाई सर्वसम्मत रुपमा चयन गरेको हो । जिल्ला कार्य समितिमा सुदिप लामिछाने, पहल केसी, कविन्द्र परियार, निरज सिंह, विवेक रेग्मी, सुशीला शर्मा, विपिन खड्का, शुभाखर बिक, बसन्ती परियार, अशरद रङरेज, बिनय पाठक, युसुफ अन्सारी, शिवराज साहु र ममता थापा चयन भएका छन् ।
०००
प्रेस सेन्टर नेपाल बाँकेको नवनिर्वाचित कार्यसमिति । फोटो गजेन्द्र गुरुङको फेसबुकबाट