१८ कठ्ठाको काउली खेती नोक्सान (फोटो फिचरसहित)

रमेशकुमार यादव । उचेमसाहा (बाँके)
अविरल वर्षाले बाँकेमा धानबालीलाई मात्र होइन तरकारी खेतीमा पनि क्षति भएको छ । डुडुवा गाउँपालिकाको वडा न ४ उचेमसाहामा बेमौसमी वर्षाले उन्नत कृषक समूहले १८ कठ्ठामा लगाइएको काउली खेती नोक्सान भएको छ । जग्गा बहालमा लिएर तरकारी खेती गरेको समूहले पाँच लाख रुपैयाँ बराबर नोक्सान भएको अध्यक्ष नाइमु खाँ बताउँछन् । ‘तरकारी बेचेर छोरीको बिहे गर्ने सपना देखेको थिए । दैवले मा¥यो’, उनले दुःखेसो पोखे, ‘साना किसान बैंकबाट दुई लाख कर्जा लिएर तरकारी खेती गरेको थिए । तरकारी बेचेर आठ जना परिवारको खर्च चल्थ्यो । जीवन धान्ने आधार नै सुकेको छ ।’ उनले वार्षिक एक लाख रुपैयाँ त जग्गाको बहाल नै तिनुपर्छ । उनी भन्छन्, ‘सरकार र दातृ निकायबाट सहयोग पाए राहात मिल्थ्यो ।’