२३ कार्तिकमा डुडुवा-५ पनि बालविवाह मुक्त वडा घोषणा हुँदै

रमेशकुमार यादव । नानापुर
बाँकेको डुडुवा गाउँपालिकाले पनि एउटा वडा बालविवाह मुक्त वडा घोषणा गर्ने भएको छ ।
डुडुवा–५ का वडा अध्यक्ष प्रशुराम बुढाथोकीको अध्यक्षता सोमबार बसेको सर्वदलीय बैठकले आगामी २३ कार्तिकमा वडालाई बालविवाह मुक्त वडा घोषण गर्ने सहमति जुटेको स्याक नेपाल बाँकेकी डुडुवा फिल्ड सुपरभाइजर आकृति यादवले जानकारी दिइन् । यसअघि बाँकेका अन्य सात स्थानीय तहमा गरी बाँके जिल्लाका १९ वटा वडा यसअघि बालविवाह मुक्त घोषणा भइसकेका छन् । जानकी गाउँपालिका जिल्लामै बालविवाह मुक्त घोषणा गर्ने पहिलो स्थानीय तह भएको छ ।