सामुदायिक रेडियो भुवर भवानी तेस्रो वर्षमा प्रवेश

नेपालगन्ज : बाँकेको सामुदायिक रेडियो भुवर भवानी ९८.८ मेगाहर्ज तेस्रो वर्षमा प्रवेश गरेको छ ।
समृद्धिका लागि सञ्चार नेपाल बाँकेले राप्तीसोनारी गाउँपालिका-२ अगैयामा १० कार्तिक २०७६ बाट १०० वाट क्षमताको रेडियोको प्रसारण आरम्भ गरेको थियो । स्टेसन म्यानेजर विमला चौधरीका अनुुसार रेडियोले स्थापना कालदेखि नै दैनिक रुपमा नेपाली र थारु भाषामा समाचार बुलेटिनसहित साढें १५ घण्टा सूचना र मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको छ ।
वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिहरुले रेडियोको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारु, वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, वडा नम्बर ५ का वडाअध्यक्ष झगरु थारु, वडा नम्बर ९ का वडाअध्यक्ष महावीर ओलीले शुभकाना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *