बीग्रुपद्वारा २५ महिला किसानलाई बाख्रा वितरण

रमेशकुमार यादव । टेपरी (बाँके)
बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६ र ७ का २५ जना महिला किसानलाई बाख्रा वितरण गरिएको छ ।
एड्ब्लुओ इन्टरनेशनल र एडीएचको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिस्टता समूह (बिग्रुप) ले महिला शसक्तिकरण केन्द्रका २५ जना महिला सदस्यहरुलाई प्रति सदस्यलाई दुई वटा माउ बाख्राका दरले ५० वटा बाख्रा वितरण गरिएको बीग्रुपका कार्यक्रम संयोजक राम निवास यादवले जानकारी दिए । शुक्रबार राप्तीसोनारी गाउँपालिकाको टेपरी गाउँमा आयोजित कार्यक्रममा बीग्रुपका अध्यक्ष टेकबहादुर पुनले बाख्रा हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष पुनले समुदायको आयआर्जन वृद्धि गरी आर्थिक रूपमा सक्षम बनाउने समुदायमा विपद पूर्वतयारी र प्रतिकार्यको क्षमता बढाउने उदेश्यले बाख्रा वितरण गरिएको बताए ।