मधेश मानव अधिकार गृहको अध्यक्षमा पत्रकार ठाकुर

नेपालगन्ज : पत्रकार दिनेश ठाकुरको अध्यक्षतामा मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके गठन भएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुको शुक्रबार नेपालगन्जमा सम्पन्न भेलाले ठाकुरको अध्यक्षतामा १२ सदस्यीय समिति सर्वसम्मत् रुपमा चयन गरेको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले समितिको उपाध्यक्ष लक्ष्मी सुनार, सचिव सारु हमाल, सहसचिव शिव जायसवाल र कोषाध्यक्ष विनयराज त्रिपाठीलाई चयन गरेको हो । त्यसैगरी सरला सुवेदी, असलम भाँट, मोहिनी बाल्मिकी, सुनिता पोखरेल, पुष्पा सुनार, शुक्रऋषि चौलागाई र पवन जायसवाल समितिको सदस्यमा चयन भएका छन् । कार्य समितिको शुक्रबार बसेको पहिलो बैठकले बैठकले अगामी केन्द्रीय अधिवेशनका लागि बाँके जिल्लाबाट प्रतिनिधिको रुपमा अध्यक्ष ठाकुर, सचिव हमाल र सदस्य भाँटलाई पठाउने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *