बाँकेमा चितुवाको छाला र हड्डीसहित तीनजना पक्राउ

नेपालगन्ज : बाँकेमा चितुवाको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसबाट चितुवाको छाला १ थान र १ किलो ४० ग्राम हड्डीसहित तीनजना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिकाका–७ का २४ वर्षिय रमेश वयक, २८ वर्षीय वसन्त बिसी र जिल्ला बाँके राप्तीसोनारी गाउँपालिका –९ ढकेरीका ३५ वर्षीय हिरासिंह विक रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरवाट खटिएको टोलीले चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको हो ।