टीकापुरमा चक्कु प्रहारबाट बालकको ज्यान गयो

टीकापुर : कैलालीको टीकापुर नगरपालिका वडा न ८ कालीमाटीमा चक्कु प्रहारबाट एक बालकको ज्यान गएको छ ।
टीकापुर–८ कमलगाउँका १७ वर्षिय बालक अनुप साउँदको खुकुरी प्रहारबाट ज्यान गएको हो । कालीमाटीमा शुक्रबार राति करिब साढे आठ बजेतिर डिजेमा नाच्ने बेलामा सामान्य विवाद भएको बेला भजनी नगरपालिका वडा न ३ ठेक्कीका किरण साउँदले प्रहार गरेको चक्कु प्रहारबाट अनुपको ज्यान गएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर ऐरले जानकारी दिए । पेटमा चक्कु प्रहारबाट आन्द्रा बाहिर निस्केको र टीकापुर अस्पतालमा उपचारका क्रममा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनापछि कालाकु्ण्डा प्रहरी चौकीका इन्चार्ज राजेन्द्र कार्कीको नेतृत्वमा खटिएको टोलीले हत्याको अभियोगमा भजनी नगरपालिका ३ का किरण साउँद र टीकापुर नगरपालिका ८ कालिमाटीका २० वर्षिय हरि साउँदलाई पक्राउ गरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको र लास पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *