नेपालगन्ज उपमहानगरको टोलीले जित्यो, महिला भलिबलको उपाधि

पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपालगन्ज उपमहानगपालिकाको टिम । फोटो सौजन्य : माधव खत्री

नेपालगन्ज : पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि नेपालगन्ज उपमहानगपालिकाले जितेको छ ।
बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा खजुरा २ को ‘शुक्र भलिबल स्टेडियममा आइतबार सम्पन्न फाइनल खेलमा नेपालगन्जले कोहलपुर नगरपालिकालाई २–१ सेटले हराउँदै उपाधि जितेको हो। विजेता भएसँगै टीमले ५० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता उपविजेता कोहलपुरले २० हजार, राप्तीसोनारीले २० हजार र सान्त्वनामा बैजनाथले १० हजार रुपैयाँ पुरस्कार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त प्राप्त गरेको समितिका उपाध्यक्ष तथा महिला भलिबल कार्यक्रम संयोजक कृष्णा पाठकले जानकारी दिइन् । महिलाहरुमा जोश जाँगर र खेलकुदप्रति लगाव बढाउने तथा राष्ट्रियस्तरका महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले १२ कात्र्तिकदेखि महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *