संयुक्त सुरक्षा फौजका १६० सुरक्षाकर्मीद्वारा नेपालगन्ज विमानस्थलको झाडी सफाइ

नेपालगन्ज विमानस्थलको झाडी सफा गर्दै सुरक्षाकर्मीहरु । फोटो : सौजन्य जिप्रका बाँके

नेपालगन्ज : नेपालगन्ज विमानस्थलको झाडीलाई संयुक्त सुरक्षा फौजले कटान गरी सफा गरेको छ ।
बुधबार बिहान ८ बजेतिर नेपाली सेनाको प्रमुख सेनानी जनमत कार्कीको कमाण्डमा ९० जना, नेपाल प्रहरीका बाँके प्रमुख एसपी श्यामकृष्ण अधिकारीको कमाण्डमा ३० जना र सशस्त्र प्रहरी बलका सप्रनि नवराज शाहीको कमाण्डमा ४० जना सुरक्षाकर्मीले झाडी सफा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मंगलबार विमानस्थलको सो झाडीबाट एक माउ र २ बच्चासहितको बँदेल सीता एयरको विमानमा ठोक्किएका थिए । जसका कारण नेपालगन्ज विमानस्थल झन्डै २ घण्टा अवरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *