प्रचण्ड भोलि कैलालीको भजनी आउँदै

टीकापुर : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार कैलालीको भजनी आउने भएका छ्न् ।
भजनी नगरपालिका कार्यालयको भवन उद्घाट्न गर्न प्रचण्ड आउने नगर प्रमुख शेरबहादुर चौधरीले बताए । काठमाडौंबाट नियमित उडानबाट बिहान करिब ८ बजे धनगढी विमानस्थल पुगेर त्यहाँबाट पूर्वपश्चिम राजमार्ग हुँदै सिधै भजनी जाने कार्यक्रम छ । भजनी नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेपछि बौनियामा नेकपा माओवादी केन्द्रको बर्दगोरिया गाउँपालिका अधिवेशन सहभागी हुने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालबहादुर सोडारीले जानकारी दिए । गाउँपालिका अधिवेशनको उद्घाटन गरेर उनी धनगढी आउनेछन् । धनगढीमा प्रचण्डले माओवादीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने र बुधवार नै काठमाडौं फर्कने जिल्ला अध्यक्ष सोडारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *